Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुरोपमा मंकीपक्सका संक्रमितको संख्या वृद्धि

युरोपमा मंकीपक्सका संक्रमितको संख्या वृद्धि


ब्रसेल्स । युरोपेली मुलुकहरुमा पछिल्लो समय मंकीपक्सबाट संक्रमित भएकाहरुको संख्या बढ्दै गएको छ । युरोपेली स्वास्थ्य अधिकारीहरुले मंकीपक्स फैलिएका मुलुकहरुमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

संक्रमण थप फैलिन नदिन र फैलिएकाहरूलाई पनि नियन्त्रण गर्न विभिन्न उपाय अपनाउनुपर्नेमा उनीहरुको जोड छ । यो रोग नयाँ भने नभएको र अहिले भइरहेकै खोपहरूले पनि काम गर्ने भएकाले त्यसको प्रयोग बढाउन पनि अधिकारीको सुझाव छ । मंकीपक्सका कारण मृत्यु नै हुने नभएपनि शरीरमा विमिरा तथा फोका आउने, घाउ हुनेलगायतका स्वास्थ्य समस्या हुने गरेको चिकित्सकहरूले बताएका छन् ।

अफ्रिकाका कतिपय ठाँउमा मंकीपक्स पहिला पनि देखिने गरेको र अहिले फैलिने क्रम बढेकाले विश्वभरी त्रास सिर्जना गरेको युरोपेली स्वास्थ्य अधिकारीहरूको भनाइ छ । अहिले युरोपेली मुलुकहरू बेलायतलगायतका देशमा मंकीपक्सबाट संक्रमितको संख्या बढेको छ । अहिलेसम्म बेलायतमा ७१ मा संक्रमण भएको पुष्टि गरिएको छ भने स्पेनमा ५५ जनालाई मंकीपक्सको संक्रमण देखिएको छ । रासस/सिन्ह्वा 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया