जापानद्वारा सामूहिक पर्यटनका लागि अनुमति
टोक्या । जापानले जून १० देखि ३६ देशका पर्यटकका लागि पुनः अनुमति दिन लागिएको बिहीबार जानकारी गराएको छ । एएफपीका अनुसार दुई वर्ष लामो महामारी बन्दको अन्त्य गर्दै भ्रमण समूहमार्फत आउने ३६ देशका यात्रुहरूलाई मात्र अनुमति दिइने जापान सरकारले निर्णय गरेको हो ।
यो निर्णय सरकारले गत हप्ता संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, थाइल्याण्ड र सिंगापुरबाट आएका आगन्तुकहरूसँग सानो समूह भ्रमणको अनुमति दिने परीक्षण गरेपछि आएको हो । सरकारले कोभिड संक्रमणको स्थिति तुलनात्मक रूपमा स्थिर रहेको निष्कर्ष निकाल्दै ३६ देश र क्षेत्रहरूबाट प्याकेजमा भ्रमण पुनः स्वीकार गर्न सीमा नियन्त्रण नियमलाई संशोधन गरेको कुरा एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
यी मुलुकमा बेलायत, स्पेन, क्यानडा, साउदी अरेबिया र मलेसियालगायत रहेका छन् । यसका लागि जापानले अन्तर्राष्ट्रिय उडानलाई पर्यटक प्रवेश गर्ने विमानस्थलहरूको संख्या पनि विस्तार गर्नेछ । दक्षिणी ओकिनावा प्रिफेक्चरको नाहा र उत्तरी होक्काइदोको साप्पोरो नजिकै रहेको चितोज विमानस्थलहरूमा थप अन्तर्राष्ट्रिय विमानहरूको आवागमनलाई अनुमति दिइने भएको छ ।
महामारीको अधिकांश समय जापानले सबै पर्यटकलाई रोक लगाएको र नागरिक र जापानमा स्थायीरूपमा बस्दै आएका विदेशीहरूलाई मात्र प्रवेश गर्न अनुमति दिएको थियो । यद्यपि पछिल्लो समय यो अनुमति समेतलाई बन्द गरिएको थियो । सबै यात्रुहरूले जापान जानुभन्दा पहिले कोभिड संक्रमण नभएको परीक्षण रिपोर्ट बुझाउनुपर्ने र जापानमा पुगेपछि पुनः परीक्षण गर्नुपर्ने समेत अनिवार्य गरिएको छ, यद्यपि केही देशहरूबाट आउने कोभिडको बुस्टर मात्रासमेत लिएका व्यक्तिहरूका लागि थप परीक्षणका साथसाथै अरूको लागि आवश्यक तीन दिने क्वारेन्टाइन नियम अनिवार्य हुने छैन ।
भ्रमण समूहहरूले आगन्तुकहरूलाई जापानको मास्क लगाउने र अन्य उपायहरूको पालना गर्ने सुनिश्चित गर्ने जिम्मेवारी वहन गर्नेमा जापानी अधिकारीले विश्वास गरेका छन् । सावधानी साथ पुनः पर्यटन सेवा खोल्दा कति जनाले फाइदा उठाउन सक्छन् भन्ने कुरा स्पष्ट नगरिए पनि जापानमा प्रवेश गर्ने मानिसहरूको अहिलेको दैनिक आगमन संख्या अर्को महिना दोब्बर भएर २० हजार पुग्ने बताइएको छ । यद्यपी उक्त तथ्यांकमा पर्यटन समूहको गणना हुने अपेक्षा नगरिएको स्थानीय सञ्चारमाध्यमले जापानी अधिकारीलाई उद्धृत गरी समाचार लेखेका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया