Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्रिक्स समूह छिट्टै विस्तार हुने कुन–कुन देश थपिएलान् ?

ब्रिक्स समूह छिट्टै विस्तार हुने कुन–कुन देश थपिएलान् ?


बेइजिङ । ब्राजिल–रुस–भारत–चीन–दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स समूह राष्ट्रहरूको संगठन विस्तार प्रक्रिया सुरु हुने भएको चिनिया सरकारी स्रोतले जानकारी गराएको छ ।

चीन सरकारका अनुसार नयाँ विकासशील मुलुकका सदस्यलाई समावेश गर्न विस्तार प्रक्रिया थालिने भएको चीनको विदेश मन्त्रालयले शुक्रबार जनाएको हो । ‘ब्रिक्सको विस्तारलाई बेइजिङले सक्रियतापूर्वक बढावा दिनेछ र यस समूहमा सामेल हुन धेरै विश्वव्यापी साझेदारहरूलाई स्वागत गर्नेछ’, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले ब्रिक्स विस्तार गर्ने सम्बन्धमा बेइजिङको दृष्टिकोणमा सञ्चारकर्मीको प्रश्नको जवाफमा भने ।

उनले भने, ‘ब्रिक्स विस्तारका विषयमा गहन छलफल जारी राख्न र त्यसका लागि सहमतिका आधारमा मापदण्ड र प्रक्रिया निर्धारण गर्न चीनले ब्रिक्स सदस्यहरूसँग काम गर्नेछ । हामी ब्रिक्सको ठूलो परिवारमा सामेल हुने समान विचार भएका साझेदारहरूको प्रतीक्षामा छौँ ।’
ब्रिक्स एक बहुपक्षीय मन्च हो जसमा विश्वका पाँच प्रमुख उदीयमान अर्थतन्त्र भएका मुलुकहरू, ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् । हालै सम्पन्न ब्रिक्स विदेशमन्त्रीहरुको बैठकले मन्त्रीहरूको बैठकका क्रममा ब्रिक्स प्लस परामर्श पनि आयोजना गरिएको बेला यस पहलको विस्तारलाई समर्थन गरेको वाङले बताए ।

रिपोर्टअनुसार मे २३ मा यूएई, साउदी अरब, इजिप्ट, कजाकस्तान, इन्डोनेसिया, अर्जेन्टिना, नाइजेरिया, सेनेगल र थाइल्याण्डलगायत देशका मन्त्रीहरुसँगको मुख्य बैठकका क्रममा ब्रिक्स प्लस भर्चुअल सम्मेलन आयोजना गरिएको थियो । ब्रिक्स प्लस ब्रिक्सको विस्तारको नयाँ चरण हो । यसको संयुक्त आर्थिक विकास सम्भाव्यताका लागि पहिले नै छानिएको छ । यसको उद्देश्य धेरै देशहरूलाई स्वागत गर्नु र आर्थिक अवस्था बढाउनु हो ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार, चीनले ब्रिक्स विस्तार प्रक्रियाको सुरुआतलाई सक्रिय समर्थन गर्छ र ‘ब्रिक्स प्लस’ लाई विस्तार गर्न चाहन्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया