Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियट्विटरलाई अमेरिकामा १५ करोड डलर जरिवाना

ट्विटरलाई अमेरिकामा १५ करोड डलर जरिवाना


अमेरिका । सामाजिक सञ्जाल ट्विटरलाई अमेरिकामा करोडौँ डलर जरिवाना गरिएको छ । प्रयोगकर्ताको डेटाहरु बिक्री गरेको भन्दै १५ करोड अमेरिकी डलर जरिवाना गरिएको बीबीसीले जनाएको छ ।

लक्षित वर्गमा विज्ञापन दिनको लागि कम्पनीले संकलित डेटाहरु अवैधानिक रुपमा बिक्री गरेको आरोप लागेको हो । संघीय व्यापार आयोग (एफटीसी) र न्याय मन्त्रालयले ट्विटरले नियामकहरुसँग गरेको सम्झौता उल्लंघन गरेको अदालतमा पेस भएको कागजातले देखाएका छन् ।

ट्विटरले प्रयोगकर्ताका व्यक्तिगत विवरणहरु फोन नम्बर र इमेल विज्ञापनदातालाई नबाँड्ने बताउँदै आएको थियो । संघीय अनुसन्धाताहरुले कम्पनीले उक्त नियम उल्लंघन गरेको बताएका छन् । युरोपमा डेटा प्राइभेसी नियमहरु उल्लंघन गरेको भन्दै ट्विटरलाई यसअघि नै चार लाख पाउन्ड जरिवाना गरिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया