Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियखाद्यान्नको मूल्य घटाउने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता

खाद्यान्नको मूल्य घटाउने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता


इस्लामावाद । पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानलाई खाद्यान्नको उपलब्धतालाई सामान्य र सुलभ बनाउन निर्देशन दिएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै उनले राज्य सरकारले आगामी २४ घण्टाभित्र प्रति १० किलोग्राम गहुँको पीठोको मूल्य चार सय रुपैयाँ बनाउन नसकेमा यसका लागि आफूले पहल थाल्ने बताएका छन् ।

आइतबार थाकारा रंगशालामा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘म यो प्रतिवद्धता व्यक्त गर्दछु कि यदि राज्य सरकारले खाद्यान्नलाई सुलभ तथा सस्तो बनाउन नसकेमा यसका लागि आफैंले पहल थाल्ने र जनतालाई आफ्नो निजी स्रोत र साधन बेचेर भएपनि आधारभूत खाद्यान्नलाई सस्तोमा उपलब्ध गराइनेछ ।’

पूर्वप्रधानमन्त्री इमरान खानलाई लक्षित गर्दै उनले मुलुकलाई सबैभन्दा बढी मुद्रास्फीति र बेरोजगारीको उपहार दिएको आरोप लगाए । इमरान खानको नेतृत्वमा भएको सरकारको आलोचना गर्दै खानले गरिबका लागि ५० लाख घर र १० लाख रोजगार प्रदान गर्ने प्रतिज्ञा गरे तापनि यसमा असफल भएको र देशलाई आर्थिक सफ्टमा धकेलको आरोप शेहबाजले लगाए ।

पाकिस्तानी अंग्रेजी पत्रिका डनले प्रधानमन्त्री शेहबाजलाई उद्धृत गर्दै लेखेको छ, ‘म पाकिस्तानलाई समृद्धि र विकासको बाटोमा डो-याउनका लागि आफ्नो जीवनको कुनै प्रबाह नगर्ने तपाईंहरूसामु गम्भीरतापूर्वक घोषणा गर्दछु ।’ बालोचिस्तानको चुनावी अभियानलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले शेहबाज नागरिकहरूलाई आफूमाथिको भरोसा गर्दै आफ्नो दलको पक्षमा मतदान गर्न आग्रह गरे ।

प्रजातन्त्र, कानुनी, असल शासनको लागि ३० देखि ३५ प्रतिशत नागरिकले आफ्नो दलको समर्थनमा मतदान गर्ने विश्वास उनले व्यक्त गरे । उक्त अवसरमा चुनावी -यालीमा उनले आफ्ना पिता महम्मद शरीफ र दाजु तथा पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) पार्टीका पूर्व अध्यक्षले राष्ट्र र राष्ट्रियताका लागि गरेको योगदानसमेतको चर्चा गरे 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया