Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोइला संकट

भारतमा कोइला संकट


नयाँ दिल्ली । विश्वकै ठूलो भारत सरकारको स्वामित्व रहेको कम्पनी कोल इन्डियाले इन्धन आयात गर्ने भएको छ । यो कम्पनी आफैँमा विश्वकै ठूलो कोल माइनर (कोइला उत्पादक) हो ।

भारतको ऊर्जा मन्त्रालयले लेखेको पत्रमार्फत यसबारे खुलेको हो । भारतमा अहिले ऊर्जा संकट गहिरिएको छ । सन् २०१५ यता पहिलोपटक कोल इन्डियाले इन्धन आयात गर्ने भएको हो । गत अप्रिल महिनामा भारतमा छ वर्षयताकै ऊर्जा संकट गहिरिएको हो ।

‘कोल इन्डियाले सरकार–सरकार सम्झौतमा इन्धन आयात गर्नलागेको हो । कम्पनीले राज्यका जेनेरेटरको थर्मल पावर प्लान्टहरु र स्वतन्त्र ऊर्जा उत्पादकहरुलाई ऊर्जा आपूर्ति गर्छ’, संघीय ऊर्जा मन्त्रालयले मे २८ को मितिमा लेखेको पत्रमा भनिएको छ ।

उक्त पत्र सबै सम्बन्धित क्षेत्र, उच्च संघीय तथा राज्य अधिकारी, कोइला सचिव र कोल इन्डियाका प्रमुखलाई पठाइएको बताइएको छ । सन् २०२२ को तेस्रो त्रैमासिकमा भारतमा झन् ठूलो ऊर्जा संकट आउने बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया