Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकोरोनाविरुद्ध चिनियाँ प्रयास सफल बन्दै गर्दा विश्व सेयरबजार उत्साहित

कोरोनाविरुद्ध चिनियाँ प्रयास सफल बन्दै गर्दा विश्व सेयरबजार उत्साहित


लन्डन, फागुन ६
कोरोनाभाइरस फैलिएसँगै निराश बनेका लगानीकर्तालाई मद्दत गर्न र आर्थिक स्थायित्व कायम गर्न चीनले चालेको प्रयाससँगै विश्व सेयरबजार सोमबार सकारात्मक देखिएको छ । एजेन्सीहरुका अनुसार पान युरोपियन स्टोक्स ६०० र जर्मनीको डीएएक्स उच्च कीर्तिमान कायम गरेका थिए । त्यस्तै ४७ देशको सेयरबजार ट्रयाक गर्ने द एमएससीआई अल कन्ट्री वल्र्ड इन्डेक्स शून्य दशमलव ०१ प्रतिशतले बढेको थियो ।

यता एसियामा एमएससीआईको इन्डेक्स अफ एसिया प्यासिफिक सेयर पनि शून्य दशमलव १४ प्रतिशतले बढेको बताइएको छ । चीनको केन्द्रीय बैंकले ब्याजदर कटौती गरेपनि ब्लुचिप इन्डेक्स पनि २.२५ प्रतिशतले चढेको छ । तर जापानको निक्की शून्य दशमलव ७ प्रतिशतले घटेको छ । कोरोना भाइरसको असर जापानी सेयरबजारमा देखिएको हो । त्यस्तै व्यापारमा आश्रित सिंगापुरको चालू वर्षको आर्थिक वृद्धिदर अनुमान कटौती गरिएको छ । सोमबार दक्षिण कोरियाको कोस्पी स्थिर रहे पनि अस्ट्रेलियन, सिंगापुर र मलेसियाली सेयर सूचकहरु कमजोर बनेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया