सात सय असहाय अफगानीलाई खाद्यान्न सहयोग
काबुल । चरम खाद्यान्न अभाव झेलिरहेका अफगानिस्तानका सात सय परिवारले खाद्यान्न सहयोग प्राप्त गरेका छन् । प्रत्येक परिवारलाई ५० किलो गहुँ र त्यति नै परिमाणको चामल वितरण गरिएको विपद् व्यवस्थापन तथा मानवीय मामिला मन्त्रालयका अधिकृत मौलवी जान मोहम्मद सायकले बताए ।
असहाय परिवार, बाढी प्रभावित र विस्थापितलाई खाद्यान्न वितरण गरिएको उनले जनाए । अफगानिस्तानलाई कठिन अवस्थामा सहयोग गर्ने चीन, काजाकिस्तानलगायत दातृराष्ट्र एवं निकायप्रति उनले आभार व्यक्त गरे । छिमेकी चीन र काजाकिस्तानबाट प्राप्त खाद्यान्न वितरण गरिएको हो । आफ्नो चार सदस्यीय परिवारको भरणपोषण गर्दै आएका निक मोहम्मदले गहुँ र चामल पाएकामा खुसी व्यक्त गर्दै दाताहरूप्रति कृतज्ञता व्यक्त गरे । उनले स्थानीय बजारमा आधारभूत आवश्यकता पूरा गर्ने सामग्रीको भाउ बुझ्न पत्रकारहरूलाई आग्रह पनि गरे । देशको कमजोर अर्थतन्त्रले आफ्नो जीवन तहसनहस बनाएकामा उनले दुःख व्यक्त गरे ।
तीन करोड ५० लाख जनसंख्या भएको अफगानिस्तानमा दुई करोड २० लाखभन्दा बढीले कठोर खाद्य अभावको सामना गरिरहेका छन् । सहायता एजेन्सीहरूका अनुसार युद्धबाट तहसनहस भएको अफगानीस्तानमा मानवीय सहायता नगरे विपत्तिमा पर्नेछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर
- श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे
- स्वतन्त्र व्यापार सम्झौताका लागि भारत र बेलायतबीच पाँचौँ चरणको वार्ता
- अलिबाबाले बर्खास्त ग-यो दश हजार कर्मचारी
- इन्डोनेसियाले १० लाख नरिवलको बिरुवा रोप्ने
- माकुरा पनि मान्छेझैँ निदाउँछन् !
- नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ सम्पन्न
- रिचेत जलविद्युत्को सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया