बेइजिङ । चीनले देशकै आर्थिक केन्द्र तथा विश्वको व्यापार हब सांघाईमा लगाएको लकडाउन हटाएको छ । बीबीसीका अनुसार मंगलबार मध्यरातिदेखि चीनले सांघाईको प्रतिबन्ध हटाएको हो । योसँगै अब मानिसहरु सहरवरपर स्वतन्त्र हिँड्डुल गर्न पाउनेछन् । सांघाईको जनसंख्या करिब साढे दुई करोड रहेको छ ।
तर छ लाख ५० हजार मानिसहरु भने अझै आफ्नै घरमा बस्नुपर्ने बताइएको छ । चीनको शून्य कोभिड नीति अझै पनि कार्यान्वयनमा रहेको छ र मानिसहरु संक्रमित भए क्वारेन्टाइन वा अस्पताल बस्नुपर्ने व्यवस्था कायमै छ । उनीहरुसँग नजिकको सम्पर्कमा रहनेहरु समेत क्वारेन्टाइन वा निश्चित तोकिएको क्षेत्रमै बस्नुपर्ने हुन्छ ।
‘लामो समयदेखि हामीले यही सपना देखिरहेका थियौँ’, सांघाई सरकारकी प्रवक्ता यिन सिनले रिपोर्टरहरुसँग भनिन्, ‘हरेक व्यक्तिले धेरै बलिदान गरिसकेका छन् । यो दिनमा रमाउन र यसको संरक्षण गर्नुपर्छ ।’
तर नयाँ नियमसँगै हरियो स्वास्थ्य कोड आफ्नो स्मार्टफोनमा देखाउनुपर्ने भएको छ । यसरी कोड देखाउनेले मात्र आवासीय क्षेत्र छोड्न पाउनेछन् । यसबाहेक जो बैंक, मल वा सार्वजनिक यातायातमा निस्किन चाहन्छन् उनीहरुले भने पीसीआर परीक्षण गरी आएको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ । त्यस्तो परीक्षण पछिल्लो ७२ घण्टाभित्रको हुनुपर्ने बताइएको छ ।
त्यस्तै सांघाईबाट अरु सहरमा जाँदा भने अझै पनि सातदेखि १४ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्नेछ । सांघाईमा अझै पनि सिनेमा हल, संग्रहालय र जिमहरु बन्दप्रायः छन् । धेरै बालबालिकाले अझै भर्चुअल रुपमै कक्षा लिनुपर्नेछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया