Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १०७ पुग्यो

ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या १०७ पुग्यो


रियो दि जेनेरियो । ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ ।

कम्तीमा छ हजार छ सय ५० व्यक्तिहरू वर्षाबाट विस्थापित भएका छन् । त्यसैगरी ठूलो बाढी र पहिराले दर्जनौँ घरहरूलाई भासिएका छन् । उक्त राज्यको राजधानी रेसिफे र यसको महानगरका क्षेत्रमा धेरैको जनाको मृत्यु भएको छ । पेर्नाम्बुकोको इतिहासमा प्राकृतिक विपत्तिबाट यति धेरैको संख्यामा भएको मृत्यु दोस्रो घटना हो । यसअघि दोस्रो सन् १९६६ को मे महिनामा यस्तै विपत्तिमा एक सय ७५ जनाले ज्यान गुमाएका थिए । अग्निनियन्त्रक र ब्राजिलियन सेनाले तालिम प्राप्त उद्धार कुकुरहरूको सहयोगमा बेपत्ता भएकाहरूको शव खोजी कार्य तीव्र बनाएको छ ।

पर्नाम्बुका २४ नगरपालिकाहरूले आपत्कालीन अवस्था घोषणा गरेका छन् भने संघीय सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका निम्ति लगभग दुई सय मिलियन अमेरिकी डलर छुट्याउने घोषणा गरेको छ । भारी वर्षा जारी रहेकाले मंगलबार पनि उद्धार कार्य स्थगित गर्नुपरेको छ । साथै कारण यस क्षेत्रमा नयाँ पहिरो र बाढी आउनसक्ने चेतावनी दिइएको थियो ।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सोमबार सरकारले प्रभावित क्षेत्रहरूको पुनर्निर्माणका लागि एक अर्ब रियल (लगभग २१ करोड अमेरिकी डलर) विनियोजन गर्ने घोषणा गरेका छन् । वर्षाले सर्जिपे, पाराइबा, रियो ग्रान्डे डो नोर्टे र अलागोआस राज्यहरूमा पनि क्षति पु-याएको छ जहाँ तीन जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया