Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारक्रोएसियामा पनि सन् २०२३ देखि युरो प्रचलनमा आउने

क्रोएसियामा पनि सन् २०२३ देखि युरो प्रचलनमा आउने


ज्याग्रेव । क्रोएसियामा अर्को वर्ष सन् २०२३ देखि युरोपेली मुद्रा युरो प्रचलनमा ल्याइने भएको छ । युरो प्रचलनमा ल्याउनका लागि पुरा गर्नुपर्ने सबै मापदण्ड र प्रक्रिया पुरा गरिसकेकाले क्रोएसियामा युरो प्रयोगमा आउने निश्चित भएको हो ।

युरोपेली आयोगले सन् २०२३ को जनवरी १ देखि क्रोएसियामा औपचारिक रूपमा युरो प्रचलनमा ल्याउन दिने निर्णय गरेको जनाएको छ । युरोपका धेरै देशमा राष्ट्रिय मुद्राको रुपमा प्रयोग हुँदै आएको युरो प्रयोग गर्ने देशमध्ये क्रोएसिया २०औँ देश बन्ने भएको छ ।

यस पटक युरो प्रयोगमा ल्याउन स्वीकृति पाउनेमा क्रोएसिया एक्लै भएको छ । क्रोएसियासँगै प्रक्रिया सुरु गरेका अन्य देशहरुले भने अहिले अनुमति पाएका छैनन् । युरो प्रचलनमा ल्याउन पाउनुपर्ने माग गर्दै प्रक्रिया सुरु गर्नेमा बुल्गेरिया, चेक गणतन्त्र, हङ्गेरी, पोल्याण्ड, रोमानिया र स्विडेन गरी छ देश रहेका छन् । उनीहरुले धेरै मापदण्डहरु पुरा गर्न बाँकी रहेकाले युरो प्रचलनका लागि अहिले नै अनुमति दिन नसकिएको युरोपेली आयोगका अधिकारीहरुले जनाएका छन् ।

युरो प्रचलनमा ल्याउनका लागि निवेदन दिएका देशहरुले सुरु गरेको प्रक्रियाका बारेमा पेस गरिएको प्रतिवेदनमा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले टिप्पणी गरे । उनले भनेका छन्, ‘युरो ग्रहण गर्ने क्रोएसियाको प्रक्रिया सन्तोषजनक भएकाले क्रोएसिया अव युरो ग्रहण गर्नेतर्फ उन्मुख भएको छ, क्रोएसियालाई बधाई छ ।’

क्रोएसियाले युरो अवलम्बन गरेपछि क्रोएसियाको अर्थतन्त्र थप बलियो हुने, व्यवस्थित हुने र आम नागरिक तथा व्यवसायीलाई पनि फाइदा पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया