Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतको व्यापारघाटा २३.३३ अर्ब डलर

भारतको व्यापारघाटा २३.३३ अर्ब डलर


नयाँ दिल्ली । भारतको व्यापारघाटा बढेको छ । योसँगै व्यापारघाटा २३.३३ अर्ब अमेरिकी डलर पुगेको छ । यसअघि मे २०२१ मा व्यापारघाटा ६.५३ अर्ब डलर मात्रै रहेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँको वाणिज्य मन्त्रालयले अप्रिल–मे महिनामा व्यापारघाटा २२.२६ प्रतिशतले बढेको छ । यसले भारतको कुल व्यापारघाटा ७७.०८ अर्ब डलरसम्म पुगेको छ । यसअघि पछिल्लो आर्थिक वर्षको दुई महिनामा यस्तो आँकडा ६३.०५ अर्ब डलरको थियो ।

यसैबीच, भारतको वस्तु निर्यात १५.४६ प्रतिशतले बढेर ३७.२९ अर्ब अमेरिकी डलर पुगेको छ । यो मे महिनाको तथ्यांक हो । बिहीबार सार्वजनिक तथ्यांकअनुसार मुख्य रुपमा पेट्रोलियम उत्पादन, विद्युतीय सामग्री र रसायन क्षेत्रको प्रदर्शन राम्रो रहँदा निर्यात वृद्धि भएको हो । मे महिनामा आयात भने ५६.१४ प्रतिशतले बढेर ६०.६२ अर्ब डलर पुगेको छ ।

इन्धन आयात उच्च वृद्धि : मे महिनामा भारतले गरेको पेट्रोलियम पदार्थको आयात ९१.६ प्रतिशतले बढेर १८.१४ अर्ब डलर पुगेको छ । यहीबीच, कोइला, कोक र ब्रिकेट्सको आयात बढेर ५.३३ अर्ब डलर पुगेको छ । जुन पछिल्लो वर्ष महिनामा दुई अर्ब डलर रहेको थियो । समीक्षा अवधिमा सुनको आयात समेत वढेर ५.८२ अर्ब डलर पुगेको छ । जुन एक वर्षअघि अर्थात् मे २०२१ मा ६७.७ करोड डलर मात्र रहेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया