श्रीलंकाले अप्रयुक्त जमिन खेतीका लागि प्रयोग गर्ने
कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले सरकारी अधिकारीहरूलाई वृक्षरोपण कम्पनीहरूको स्वामित्वमा रहेका सबै अप्रयुक्त भूमिहरू पहिचान गरी खेतीका लागि प्रयोग गर्न निर्देशन दिएको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले शनिबार जनाएको छ ।
श्रीलंकाले आगामी महिनामा खाद्यान्न अभावको सामना गर्नुपर्ने चेतावनी सार्वजनिक भएपछि राष्ट्रपतिले यो निर्णय लिएको बताइएको छ । वृक्षरोपण कम्पनीहरूसँग ९, ००० हेक्टर भन्दा बढी खेती नगरिएको जमिनको स्वामित्व छ ।
श्रीलंकाले अप्रिल २०२१ मा रासायनिक मलको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि कृषि उत्पादनमा तीव्र गिरावट आएको हो । रासायनिक मलमाथिको प्रतिबन्ध फुकुवा भएको र आगामी कृषि यामका लागि पर्याप्त मात्रामा मल खरिद गर्न विभिन्न देशसँग छलफल भइरहेको मन्त्रिपरिषद्ले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- १७ दशमलव ६८ बिन्दुले ओर्लियो सेयर बजार
- इन्धनको उच्च मूल्यवृद्धिपछि बंगलादेशमा देशव्यापी विरोध प्रदर्शन
- अवतरणको ४५ मिनेटसम्म पनि स्पाइसजेटको बस नआएपछि..
- क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता
- अफगानिस्तानको जाज्जान प्रान्तमा हैजा प्रकोपबाट कम्तीमा १२ जनाको मृत्यु
- तरलता अभावका बीचमा पनि सिद्धार्थ बैंकको सन्तोषजनक प्रगति
- ‘सिटिजन्स चिरायु’ मुद्दती योजना तथा रेमिट्यान्स चिरायु मुद्दती योजना सञ्चालनमा
- महालक्ष्मी विकास बैंकको नाफामा उछाल
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया