Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारधेरै कीटनाशक पाइएपछि गहुँपछि भारतीय चिया पनि अस्वीकृत

धेरै कीटनाशक पाइएपछि गहुँपछि भारतीय चिया पनि अस्वीकृत


नयाँ दिल्ली । केही दिनअघि टर्कीले भारतको गहुँमा कीटनाशकको मात्रा धेरै पाइएको भन्दै पठाएको गहुँ नै फिर्ता गरिदिएको थियो । अहिले फेरि टर्कीले भारतीय चियामा पनि सोही कारण देखाउँदै फिर्ता गरिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अधिक मात्रामा कीटनाशक र रसायन पाइएको बताएपछि यसको समाधान कसरी गर्ने भन्ने चिन्ता बढेको नवभारत टाइम्सले उल्लेख गरेको छ। पछिल्ला केही वर्षयता चियाबगानमा विश्व तापक्रमवृद्धिको कारण धेरै बदलाव आइरहेको छ । कहिले अतिवृद्धि हुने त कहिले अनावृष्टि हुने गरेको छ । यस्तो हुँदा कीराहरुको खतरा बढिरहेको छ । त्यही कारण चियामा धेरै मात्रामा कीटनाशकको प्रयोग पनि बढेको छ । धेरैजसो कीटनाशकको असर धेरै लामो समयसम्म देखिन्छ । विदेशमा खानपिनका वस्तुलाई लिएर कडा नियम लगाइएको छ । पूरा जाँचपछि मात्रै सामान खरिद गर्ने चलन रहेको छ ।

प्राकृतिक खेतीबाट मद्दत मिल्ने
यसैबीच, रसायन र कीटनाशकबाट बच्न प्राकृतिक खेती गर्नु उपयुक्त हुने देखिएको छ । यसमा खेतमा रसायनबाहेक गाईको गोबर र मूत्रबाट तयार मलको प्रयोग उपयुक्त हुनसक्ने बताइएको छ । गाईको मूत्रमा नीमको पात, धतुरोको पात, माटो र चनाको पीठो जस्ता वस्तुहरु मिलाएर कीटनाशक तयार गरिन्छ । यसको प्रयोगबाट पैदावरमा पनि असर हुँदैन । भारतका धेरै ठाउँमा किसानहरुले यस्तो विधि समेत प्रयोग गरिरहेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया