Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेजनका सीईओले राजीनामा दिए

अमेजनका सीईओले राजीनामा दिए


अमेरिका । अमेजनका विश्वव्यापी उपभोक्ता प्रमुख कार्यकारी (सीईओ) डेभ क्लार्कले राजीनामा दिएका छन् । कम्पनीमा जोडिएको २३ वर्षपछि उनले राजीनामा गरेको अमेरिकी केबल न्युज नेटवर्कले उल्लेख गरेको छ ।

अमेजनले क्लार्कको राजीनामा जुलाई १ देखि लागू हुने जनाएको छ । गत शुक्रबार अमेरिकी धितोपत्र विनिमय आयोगलाई यसबारे जानकारी गराएको छ । एक ट्विटमा क्लार्कले भनेका छन्, ‘अमेजनमा रहँदा मसँग महत्वपूर्ण समय रह्यो तर अब म आफैँलाई बनाउने समय हो । यसैले मलाई अगाडि बढाउँछ ।’

अमेजनमा उनको कार्यकालमा कम्पनीको गोदाम सञ्जाल, डेलिभरी गाडी र विमान तथा कार्गो जहाजहरुको परिचालनमा उनले धेरै योगदान गरे । सोही कारण कम्पनीले अनलाइन खुद्रा बजारमा एकछत्र राज गर्न सकेको बताइएको छ ।

धेरै नयाँ चुनौती कम्पनीले सामना गर्दैगर्दा उनको राजीनामा आएको हो । नियामकीय तहको अनुसन्धानसँगै गोदामका कर्मचारीको सांगठनिक विस्तारजस्ता चुनौती कम्पनीमा देखिएको छ । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया