Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियश्रीलंका अदालतद्वारा रूसी जेटलाई उडान अनुमति

श्रीलंका अदालतद्वारा रूसी जेटलाई उडान अनुमति


कोलम्बो । सोमबार श्रीलंकाको एक अदालतले व्यापारिक विवादका कारण देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको एअरोफ्लट एयरबस ए–३३० विमान रोक्ने उड्डयन कार्यालयको आदेशलाई सोमबार खारेज गरेको छ । एएफपीका अनुसार आदेशसँगै विमानले मस्कोका लागि उडान भर्न सक्नेभएको छ ।

श्रीलंकाली अदालतले विमानलाई दुई हप्तासम्म विमानस्थलमा नै रोक्न गत बिहीबार आदेश गरेको थियो । त्यसपछि एयर ट्राफिक कन्ट्रोलरले बिहीबार मस्को फर्कने उडान एसयू–२८९ को उडान अनुमति अस्वीकार गरेका थियो भने विमानमा रहेका सबै यात्रुलाई होटेलमा लगि राखिएको थियो । उक्त रूसी विमानले आयरल्याण्डको ‘सेलेस्टेयल एभियसन ट्रेडिङ १० लिमिटेडलाई तिर्नुपर्ने रकम नतिरेको भन्दै एरोफलट विरुद्ध मुद्दा दायर गरेपछि विमानलाई रोक्न निर्देशन दिइएको हो ।

विमानलाई उडान अनुमति नदिएपछि श्रीलंका र रूसबीच कूटनीतिक तनाव बढेको थियो । यस सम्बन्धमा रूसले शुक्रबार मस्कोस्थित श्रीलंकाका विशेष दूतलाई रूसी विदेश मन्त्रालयमा बोलाएर कडा विरोध जनाएको थियो । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया