चीन । चर्चित कम्पनी नाइकले चीनमा रन क्लब एप बन्द गर्ने भएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देशमा आफ्नो व्यावसायिक अवस्था परिवर्तन गर्ने नाइक पछिल्लो पश्चिमा कम्पनी हो ।
अमेरिकी स्पोटर््सवेयर कम्पनीले चीनमा एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो । कम्पनीको निर्णय जुलाई ८ देखि कार्यान्वयनमा आउनेछ । नाइकका एक प्रवक्ताले आउँदा दिनमा चिनियाँ रनरहरुका लागि स्थानीयकृत प्लेटफर्म ल्याउने र आफ्नो डिजिटल प्लेटफर्महरुमा लगानी जारी राख्ने पनि बताएको छ ।
‘हामी चीनका लागि चीनबाट व्यावसायिक प्रणाली बनाउँदै छौँ, खासगरी यस क्षेत्रका विशेष उपभोक्ताको आवश्यकता पूरा गर्ने गरी’, ती प्रवक्ताले भने । चीन नाइकको मुख्यमध्ये एक बजार हो । कम्पनीले गत आर्थिक वर्षमा चीनबाट झण्डै आठ अर्ब ३० करोड डलर राजस्व संकलन गरेको थियो । यसमा हङकङ र ताइवानको समेत आम्दानी समावेश रहेको बताइएको छ । जुन एसिया प्रशान्त र ल्याटिन अमेरिकाको मिलाउँदा पनि धेरै हो । चीन धेरै ब्रान्डहरुको उत्पादन हब समेत रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया