भारतमा उडानका समय मास्क लगाउन अनिवार्य
नयाँ दिल्ली । भारतमा हवाइ यातायातको नियामक निकायले बुधबार नयाँ निर्देशन जारी गर्दै सबै हवाइ यात्रीहरूले उडानभरि नाक र मुख छोपिनेगरी मास्क लगाउनु अनिवार्य रहेको जनाएको छ ।
सिन्ह्वाका अनुसार कोभिड–१९ संक्रमण दरमा कमी आएसँगै जहाजमा भएका यात्रुहरूले मुखमा मास्क नलगाएर कोभिड नियमलाई हल्का लिन थालेपछि सरकारी उक्त निकायले उडानका समय मास्कलाई सुरक्षित लगाइराख्न निर्देशन गरेको हो ।
नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको निर्देशनमा विमानस्थल परिसरमा पनि मास्क अनिवार्य गरिएको छ । नयाँ निर्देशनले भारतमा कोभिड–१९ को सक्रिय संक्रमितको संख्यामा वृद्धि भएपछि मास्को महत्वलाई मान्यता दिएको हो ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार विगत २४ घण्टामा पाँच सय २३ नयाँ व्यक्तिमा संक्रमण देखिएको छ । हाल दक्षिण एसियाली यस मुलुकमा २८ हजार आठ सय ५७ जना कोभिडका सक्रिय संक्रमित रहेका छन् । यो संख्या एक दिनअघिको तुलनामा एक हजार आठ सय ८१ ले वृद्धि भएको हो ।
भारतका विमानस्थलमा सुरक्षा व्यवस्थापन गर्ने केन्द्रीय औद्योगिक सुरक्षा बलका कर्मचारीहरूले विमानस्थलमा मास्क लगाउनुपर्ने नियमलाई निगरानी गर्ने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
- विचारः गणतन्त्रका १५ वर्षले आएको परिवर्तन
- आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने
- माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु
- दाहाल र भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
- घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
- भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान नेपाल ल्याए भन्सार तिर्नुपर्ने
- आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ : पूर्वअर्थमन्त्री शर्मा
धेरैले पढेको
- धादिङको साना किसान सहकारीमा अनियमितता भएको अदालतको ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया