Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियएकै पटक नौ सय कर्मचारीलाई बर्खास्त गर्ने सीईओमाथि लगानीकर्तालाई ढाँटेको आरोप

एकै पटक नौ सय कर्मचारीलाई बर्खास्त गर्ने सीईओमाथि लगानीकर्तालाई ढाँटेको आरोप


अमेरिका । बेटर डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विशाल गर्गमाथि लगानीकर्तालाई ढाँटेको आरोप लागेको छ । उनी तिनै सीईओ हुन् जसले जुम मिटिङमा एकै कलको भरमा नौ सय कर्मचारीको जागिर खाइदिएका थिए । त्योसँगै उनी मिडियामा चर्चामा आएका थिए ।

विशालविरुद्ध लगानीकर्तालाई ढाँटेको भन्दै पूर्वकार्यकारीले मुद्दा दायर गरेको सीएनएनले जनाएको छ । सफ्टब्यान्कले समेत समर्थन गरेको अनलाइन मोर्टगेज कम्पनीले एक वर्षअघि मात्रै कम्पनीलाई सार्वजनिकमा लैजान सात अर्ब ७० करोड डलरको मर्जरमा सहमति जनाएको थियो । तर उक्त सम्झौता टुंगिन अझै बाँकी छ । त्यसयता विशालको सार्वजनिक विवाद र बढ्दो मोर्टगेज दरले कम्पनीको छवि र व्यवसायमा दखल दिएको छ ।

कम्पनीको बिक्री र अपरेसन हेर्ने एक पूर्वकार्यकारी उपाध्यक्ष सारा पिअर्सले मुद्दामा विशालले बेटर डटकमको वक्तव्यलाई गलत प्रतिनिधित्व गरेर मर्जर अघि बढाएको दाबी गरेकी छिन् । विशालले कम्पनीको गहिरिँदो वित्तीय संकटलाई लिएर लगानीकर्ताले मर्जर छाड्ने डरले ढाँटेको दाबी गरेकी छिन् । उनले विशाल र बेटर डटकम दुवैविरुद्ध वित्तीय अवस्था र प्रस्तुतिबारे झूटो वक्तव्य लगानीकर्तालाई जारी गरेको आरोप लगाएकी छिन् ।

तर बेटर डटकमका कानुन व्यवसायीले भने उक्त आरोपमा कुनै सत्यता नरहेको बताएका छन् । सफ्टब्यान्कले भने यसबारे कुनै प्रतिक्रिया नदिइसकेको सीएनएनले जनाएको छ । ती कर्मचारीले कम्पनीको यही विषयमा कुरा उठाउँदा आफूलाई भूमिकाविहीन पारिएको पनि खुलाएकी छिन् । उनले आफूलाई वित्तीय क्षतिपूर्ति दिन माग गरेकी छिन् । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया