Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियश्रीलंकामा हट्यो मास्क अनिवार्य नियम

श्रीलंकामा हट्यो मास्क अनिवार्य नियम


कोलम्बो । श्रीलंकामा मास्क लगाउनैपर्ने निर्णय खारेज गरिएको छ । सिन्ह्वाका अनुसार श्रीलंकाका स्वास्थ्यमन्त्री केहेलिया रामबुक्वेलाले सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने निर्णय शुक्रबारदेखि निष्क्रिय हुने बिहीबार जानकारी दिए ।

कोरोना भाइरसको महामारीका कारण महामारी थप फैलिन नदिन सरकारले सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने व्यवस्था गरेको थियो । पछिल्लो समय कोरोना भाइरसको महामारी निकै कम भएकाले मस्क अनिवार्य गर्नु आवश्यक नदेखिएकाले निर्णय खारेज गरिएको सरकारी अधिकारीहरूको भनाइ छ । स्वास्थ्यमन्त्री रामबुक्वेलाका अनुसार श्वास प्रश्वाससम्बन्धी वा सर्ने रोग लागेका व्यक्तिले भने मास्क लगाउनैपर्ने नियम कायमै छ ।

उनले भने, ‘कसैले मास्क लगाइरहन चाहन्छ भने उसले लगाइरहन पाउने छ, उसलाई मास्क खोल्नै पर्ने भन्ने छैन ।’ मास्क लगाउनु सामान्यतया स्वास्थ्यका लागि फाइदाजनक नै भए पनि कतिपयले गाह्रो मान्ने भएकाले लगाउनु अनिवार्य नगरिएको उनको भनाइ छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया