Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशले ल्यायो ६७ खर्ब ८० अर्बको बजेट

बंगलादेशले ल्यायो ६७ खर्ब ८० अर्बको बजेट


ढाका । बंगलादेशले आगामी आर्थिक वर्षको लागि ६७ खर्ब ८० अर्ब ६४ करोड टाका (बंगलादेशी मुद्रा) बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री एएचएम मुस्ताफा कमलले आव २०२२/०२३ को लागि उक्त बजेट ल्याएका हुन् ।

सो बजेट अर्थमन्त्री कमलले संसदमा बिहीबार सार्वजनिक गरेको डेलिस्टार अनलाइनले जनाएको छ । कोरोना महामारीपछि यो चौथो र सरकारको पहिलो बजेट भएको बताइएको छ । प्रस्तावित बजेट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १५.२ प्रतिशत रहेको बताइएको छ । कुल बजेटमध्ये ४३ खर्ब १९ अर्ब ९८ करोड चालू खर्चका लागि र बाँकी द्द४ खर्ब ६० अर्ब ६६ करोड टाका विकास खर्चका लागि विनियोजन गरिएको छ ।

आगामी आवको कुल राजस्व ४३ अर्ब ३० अर्ब अनुमान गरिएको छ । यसमध्ये ३७ खर्ब राजस्वबाट र थप छ खर्ब ३० अर्ब अन्य स्रोतबाट जुटाइने बंगलादेशी सरकारको भनाइ छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया