सेयरबजारको अधोगति : अमेरिकीले गुमाए ५ खर्ब डलर
न्युयोर्क । यो वर्षको सुरुतिर अमेरिकीहरुले झण्डै पाँच खर्ब डलर गुमाएका छन् । सेयरबजार अधोगतितर्फ लाग्दा अमेरिकीहरुले सन् २०२२ को सुरुतिर उक्त दरमा सम्पत्ति गुमाएको बताइएको छ ।
गैरनाफामूलक संस्था र घरपरिवारको कुल सम्पत्ति पाँच खर्ब डलरले घटेर पहिलो त्रैमासिक अवधिमा १४ सय ९३ खर्ब डलर कायम भएको अमेरिकी केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । बिहीबार सार्वजनिक तथ्यांकअनुसार सन् २०२० को मध्यतिरदेखि सम्पत्तिवृद्धि देखिएको थियो । खासगरी घर तथा वस्तुहरुको मूल्य ह्वात्तै बढेपछि सम्पत्तिमा ह्रास आउनथालेको थियो ।
पहिलो त्रैमासिकमा आएको सम्पत्ति गिरावट यो वर्षको सुरुतिर सेयरबजारमा आएको अधोगतिको परावर्तन हो । जसले ३० खर्ब डलरले प्रत्यक्ष र अप्रत्यक्ष व्यावसायिक सम्पत्तिलाई घटाइदिएको छ । यी होल्डिंग्सको कुल मूल्य पहिलो त्रैमासिकमा चार सय ६३ खर्ब डलर रहेको थियो । जुन घरपरिवारको हालसम्मकै ठूलो सम्पत्ति बनेको थियो ।
डो र एसएन्डपी ५०० दुवै झण्डै पहिलो तीन महिनामा पाँच प्रतिशतले घटेका छन् भने नास्डाक झण्डै नौ प्रतिशतले गिरावट आएको छ । सन् २०२० मा जब कोभिड महामारीले अमेरिकी अर्थतन्त्रलाई प्रभावित पारिरहेको थियो त्यसयताकै यो खराब बजरा प्रस्तुतिका रुपमा लिइएको छ ।
त्यस्तै यो वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेका प्रभाव समेत देखिएको छ । फलतः तेलको मूल्यवृद्धि, आकाशिँदो महंगी र केन्द्रीय बैंकले बढाएको ब्याजदरसँगै कोभिड १९ महामारीलाई लिएर गरिएको चिन्ता पनि यससँग जोडिएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- रुग्ण उद्योगको उद्धार होस्, दुरूपयोग नहोस्
- निर्यात प्रवर्द्धन र व्यापारघाटा व्यवस्थापन
- माछापालनका लागि ४ करोड अनुदान
- एनआरएनको ‘पढ्दै र कमाउँदै’ परियोजना
- ‘को–हजबेण्ड’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड
- रिचार्ज पोखरी फुट्दा ८ घरपरिवार विस्थापित
- ‘विदेशबाट आयात गरिएका सामानहरुको खरिदलाई हतोत्साही बनाउन ब्याजदरमा वृद्धि’
- अग्नी ग्रुपको टु एस सर्भिस सेन्टर पोखरामा
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया