Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलङ्कालाई मल किन्न साढे पाँच करोड डलर ऋण

श्रीलङ्कालाई मल किन्न साढे पाँच करोड डलर ऋण


कोलम्बो । चरम आर्थिक संकट सामना गरिरहेको श्रीलंकालाई भारत सरकारले युरिया मल खरिदका लागि पाँच करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गरेको छ ।

प्रधानमन्त्री रनिल विक्रमसिंघे, कृषिमन्त्री महिन्दा अमरावीर, श्रीलंकाका लागि भारतका उच्चायुक्त गोपाल वाग्ले र दुवै देशका उच्च अधिकारीहरूको उपस्थितिमा शुक्रबार यहाँ ऋणसम्बन्धी समझदारीपत्रमा श्रीलंका सरकार र भारतीय एक्जिम बैंकबीच हस्ताक्षर भएको हो ।

धान रोपाइँको अहिलेको याममा मल खरिद सुनिश्चित गर्न समयमै आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले द्रुत गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । हस्ताक्षर समारोहमा प्रधानमन्त्री विक्रमसिंघेले भारतको ‘छिमेक पहिले’ नीतिअनुसार प्राप्त ऋण सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया