Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयुक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउँछौँ

युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउँछौँ


लण्डन । बेलायती रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताएका छन् । बेलायती रक्षामन्त्री बेन वालेसले शनिबार सो प्रतिबद्धता सार्वजनिक गरेको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन्  ।

हाल बेलायतको भ्रमणमा रहनुभएका युक्रेनका रक्षामन्त्रीसँगको भेटघाटपछि बृटिश रक्षामन्त्री वालेसले सो कुराको जानकारी दिएका हुन् । शनिबार उनीहरुबीच भएको भेटकाक्रममा हालैका दिनहरुमा युक्रेनको अवस्थाको बारेमा युक्रेनी रक्षामन्त्रीले जानकारी गराएका थिए ।

अहिले पनि युक्रेनलाई बेलायतले सैन्य सहयोग दिइरहेको र यसलाई आगामी दिनमा थप गरिने बृटिश रक्षामन्त्री वालेसले जानकारी दिएका हुन् । अहिले पनि युक्रेनमा रुसको हमला जारी नै रहेको भन्दै युक्रेनका रक्षामन्त्री ओलेक्सी रेनिकोभले रुससँग संघर्ष गर्नका लागि थप शक्तिशाली हतियार आवश्यक रहेको सो भेटमा बताएका थिए ।

युक्रेनी रक्षमन्त्रीको यो आग्रहपछि बृटिश रक्षामन्त्री वालेसको यो प्रतिक्रिया आएको हो । गत महिना मात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमणमा गएका थिए । त्यस भ्रमणका क्रममा ब्रिटिश प्रधानमन्त्री जोनसनले बेलायतले युक्रेनका लागि १.६ बिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने घोषणा गरेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया