Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा ४० वर्षयताकै उच्च महंगी

अमेरिकामा ४० वर्षयताकै उच्च महंगी


वासिङ्टन । ऊर्जा र खाद्य क्षेत्रका वस्तुको मूल्य उच्चवृद्धिपछि अमेरिकामा ४० वर्षयताकै महंगी छाएको छ । गत महिना सोचेभन्दा तीव्र गतिमा मूल्यवृद्धिसँगै सन् १९८१ यताकै धेरै महंगी छाएको बीबीसीले उल्लेख गरेको छ ।

वार्षिक महंगी दर बढेर मे महिनामा ८.६ प्रतिशत पुगेको श्रम विभागले जनाएको छ । अप्रिलमा भने केही राहत महशुस भएको थियो । योसँगै मानिसहरुको जीवनयापन लागत बढ्दा नीतिनिर्मातालाई यसको नियन्त्रण कसरी गर्ने भन्ने चिन्ताले सताएको छ ।

अमेरिकी केन्द्रीय बैंकले गत मार्चयता ब्याजदर बढाउँदै आएको छ । विश्लेष21कहरुले यसले आर्थिक गतिविधिलाई केही शान्त पार्ने आशा गरेका छन् । खासगरी मूल्यवृद्धिको दबाब क्रमशः कम हुने उनीहरुको अपेक्षा छ । तर रुस र युक्रेनबीचको संकटले तेल र वस्तुहरुको मूल्यवृद्धि बढाइरहेको छ । दुई देशबाट हुने गहुँको निर्यातमा समस्या हुँदा आपूर्ति प्रणालीमा पनि कठिनाइ आएको छ ।

गत महिना खाद्यवस्तुको मूल्य १० प्रतिशतभन्दा धेरैले बढेको थियो भने ऊर्जा क्षेत्रको ३४ प्रतिशतभन्दा धेरै बढेको थियो । तर गत शुक्रबारको प्रतिवेदनले भने हवाइ टिकटदेखि कपडा र औषधिजन्य सेवाको मूल्य उच्च हुँदै गएको देखाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया