Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविश्व सेयरबजारमा गिरावट

विश्व सेयरबजारमा गिरावट


हङकङ /लण्डन । विश्व सेयरबजार सोमबार ओरालो लागेको छ । सुरुवाती सेयर कारोबारमा विश्वका सेयर सूचकहरु ओरालो लागेका एजेन्सीहरुले जनाएका छन् । द डो शुक्रबार ८८० अंकले घटेको थियो । त्यस्तै एसएन्डपी ५०० (एसपीएक्स) २.७ प्रतिशतले र नास्डाक (एनडीएक्स) तीन प्रतिशतले घटेको थियो । अमेरिकी उपभोक्ता मूल्य सूचकांक मे महिनामा ८.६ प्रतिशतले ओरालो लाग्दा अमेरिकी केन्द्रीय बैंकले आक्रामक नीति अख्तियार गर्ने डर थियो ।

सोमबार एसियामा उक्त तरंग छाएको छ । जापानको निक्की झण्डै तीन प्रतिशतले घट्दा जापानी मुद्रा येन २० वर्षयताकै कम विन्दुमा देखिएको थियो । सोमबार हङकङको हाङसेङ सूचक ३.४ प्रतिशतले घटेको छ भने कोरियाको कोस्पी पनि साढे तीन प्रतिशतले गिरावट आएको छ । त्यस्तै चीनको सांघाई कम्पोजित शून्य दशमलव नौ प्रतिशतले गिरावट आएको छ ।

युरोपमा फ्रान्सको सीएसी ४० २.४७ प्रतिशतले सुरुवाती कारोबारमा घटेको थियो भने जर्मनीको डीएएक्स ३० पनि २.३ प्रतिशतले घटेको थियो । यता एफटीएसई १०० १.८ प्रतिशतले घटेको छ । योसँगै बेलायती मुद्रा पाउन्ड स्टर्लिङ १.२२ डलरमा घटेको नयाँ तथ्यांकले देखाएको छ । अमेरिकामा डो फ्युचर्स १.९ प्रतिशतले घट्दा नास्डाक फ्युचर २.९ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया