Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारू हालसम्मकै सस्तो

भारू हालसम्मकै सस्तो


नयाँ दिल्ली । भारतीय रुपैयाँ हालसम्मकै सस्तो भएको छ । सोमबार भारु डलरसँग निकै कमजोर देखिएको हो । अमेरिकामा ब्याजदर बढ्ने भएसँगै भारतीय रुपैयाँ थप कमजोर बनेको बताइएको छ ।

यसअनुसार प्रतिडलरको तुलनामा भारु ७८.२८२५ पुगेको हो । यो पहिलोपटक हो । अमेरिकामा महंगी बढेसँगै त्यसविरुद्ध ब्याजदर बढाउने तयारी हुँदा त्यसको असर विभिन्न देशका मुद्रामाथि परेको बताइएको छ । यसबाहेक भारतीय रुपैयाँमा बढ्दो तेल मूल्यको प्रभाव पनि देखिएको छ ।

गत महिना रिजर्भ बैंक अफ इन्डियाले ५० आधारविन्दुमा सापटी लागत बढाएको थियो । गत हप्ता पनि दोस्रो पटक यो कदम चालेको थियो । यसअघि आरबीआईले मे महिनामा शून्य दशमलव चार प्रतिशत आउट अफ साइकल घोषणा गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया