Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारखेती गर्न श्रीलंकामा शुक्रबार सार्वजनिक विदा

खेती गर्न श्रीलंकामा शुक्रबार सार्वजनिक विदा


कोलम्बो । श्रीलंकाले कृषि प्रवर्द्धनका निम्ति शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सिन्ह्वाका अनुसार देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई हप्तामा चार दिनमात्र काम गर्नुपर्ने व्यवस्था गर्नका साथै वैदेशिक रोजगारीमा जानचाहनेहरूका लागि पाँचवर्षसम्म बेतलबी विदा दिने निर्णय पनि गरेको छ ।

‘तीन दिन कार्यालयमा काम नगर्ने गरी सार्वजनिक क्षेत्रका कर्मचारीलाई देशमा उत्पादन बढाउने कृषि कर्ममा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार पनि सार्वजनिक विदाको व्यवस्था गरिएको’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

प्रधानमन्त्री रनिल विक्रमसिंघेले हालै आफ्नो देशले चरम खाद्यान्न अभावको सामना गरिरहेको बताएका थिए । स्थानीय विज्ञहरूले पनि अत्यावश्यक खाद्यवस्तुको उत्पादन कम भएकाले आगामी सेप्टेम्बरदेखि चामल र अन्य खाद्यवस्तुको अभाव हुने चेतावनी दिएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया