रुस भारतको दोस्रो ठूलो तेल निर्यात गर्ने देश
नयाँ दिल्ली । मे महिनामा रुस भारतको दोस्रो ठूलो तेल निर्यात गर्ने देश बनेको छ । रोयटर्सका अनुसार साउदी अरेबियालाई तेस्रो स्थानमा पु-याउँदै तेल निर्यातमा रुस अगाडि आएको हो ।
भारतले सबैभन्दा धेरै कच्चा तेल भने इराकबाट आयात गर्छ । मे महिनामा भारतीय प्रशोधकहरुले आठ लाख १९ हजार ब्यारेल प्रतिदिन रुसी तेल लिँदै आएका छन् । जुन हालसम्मकै उच्च भएको बताइएको छ । आधिकारिक तथ्यांकअनुसार अप्रिलमा यस्तो परिमाण दुई लाख ७७ हजार प्रतिब्यारेल रहेको थियो ।
युक्रेनमाथिको आक्रमणलाई लिएर पश्चिमा देशले रुसमाथि प्रतिबन्ध लगाएपछि धेरै तेल आयातकर्ताले मस्कोसँगको कारोबार रद्द गरेका छन् । तर रुसले यहीबीचमा सस्तो दरमा तेल बेच्दै आएको छ । सोही कारण भारतीय प्रशोधकहरुले विरलै लिने रुसी तेल सस्तो भएकै कारण अवसरको रुपमा किनिरहेका छन् ।
मे महिनामा भारतको कुल तेल आयातको १६.५ प्रतिशत रुसी तेलको हिस्सा देखिएको छ । यसले गर्दा भारतलाई सीआईएस देशहरुमा २०.५ प्रतिशत हिस्सा बढाउन र मध्यपूर्वको ५९.५ प्रतिशतजति हिस्सा घटाउन राहत मिलेको तथ्यांकले देखाएको छ । अफ्रिकी कच्चा तेलको भारतको आयात हिस्सा गत महिना ११.५ प्रतिशत पुगेको छ । अप्रिलमा यस्तो हिस्सा दर ५.९ प्रतिशत थियो ।
भारतको तेल आयात मे महिनामा कुल ४९ लाख ८० हजार ब्यारेल प्रतिदिन रहेको थियो । जुन डिसेम्बर २०२० यताकै उच्च हो । बढ्दो स्थानीय मागसँग जुध्न भारतीय प्रशोधकहरुले प्रशोधनलाई बढावा दिइरहेका छन् । भारतको मे महिनाको तेल आयात अघिल्लो महिनाको तुलनामा ५.६ प्रतिशतले बढी र एक वर्षअघिको तुलनामा १९ प्रतिशतले बढी रहेको देखिएको छ ।
भारतले सस्तो रुसी तेल किनेकोबारे आफ्नो बचाउ गर्दै आइरहेको छ । रुसबाट धेरै तेल किनेपछि ओपेकको भारतीय बजार आयात हिस्सा भने अप्रिलमा घटेर ६५ प्रतिशतमा सीमित भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित
- प्रत्येक प्रदेशमा एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने : मन्त्री भण्डारी
- पूर्वमुख्यसचिव शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि
- सांसद हसिना खानद्वारा सपथ ग्रहण
- कांग्रेस सबै जात, धर्म र वर्गको पार्टी हो : सहमहामन्त्री राठोर
- ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता
- घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु
- गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया