Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमुसर्रफलाई घर फिर्ता हुन दिनुपर्ने पाकिस्तानी सेनाको राय

मुसर्रफलाई घर फिर्ता हुन दिनुपर्ने पाकिस्तानी सेनाको राय


इस्लामावाद । २३ वर्षअघि रक्तविहीन विद्रोहमा सत्ता कब्जा गरी नौ वर्ष शासन गरेका पूर्व सेना प्रमुख पर्वेज मुशर्रफलाई दुबईबाट स्वदेश फर्कन दिने पाकिस्तानी सेनाले बुधबार बताएको छ ।

उनका पारिवारिक स्रोतले गत हप्ता ७८ वर्षीय मुशर्रफ दुबईमा रहनुभएको र उनको शरीरका प्रमुख अंगहरूले काम गर्ने छोडिसकेकोले निको हुने सम्भावना कम भएको बताएको थियो । उपचारका लागि सन् २०१६ मा पाकिस्तान छोड्न अनुमति पाएपछि उनी पाकिस्तान फर्किएका छैनन् ।

जनरल मुशर्रफले आफ्नो शासन अवधिसँग सम्बन्धित थुप्रै अदालत मुद्दाहरूको सामना गरिरहेका उनलाई देशद्रोहको आरोपमा उनको अनुपस्थितिमा मृत्युदण्ड दिइएको थियो । यद्यपि उक्त फैसला पछि रद्द गरिएको छ ।

पाकिस्तानी सेनाको ‘इन्टर सर्भिस पब्लिक रिलेसन्स (आईएसपीआर)’ प्रचार शाखाका प्रमुख मेजर जनरल बाबर इफ्तिखरले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘यो संस्था र यसको नेतृत्व पर्वेज मुसर्रफको खराब स्वास्थ्यलाई ध्यानमा राखेर देश फर्किन चाहेमा उहाँको परिवारको चाहनाअनुसार स्वदेश फर्किन दिनुपर्ने निष्कर्षमा पुगेको छ ।’ आईएसपीआरले बुधबारको दिन एएफपीलाई आफ्नो टिप्पणी पुष्टि ग¥यो ।

मुसर्रफले अझै पनि देश फर्किएपछि पनि थुप्रै मुद्दाहरूको सामना गर्नुपर्ने मतहरू पनि आएका छन् । पाकिस्तानको स्वतन्त्रतापछि सेनाले विभिन्न समयमा लामो समयसम्म पाकिस्तानमाथि शासन गर्दै आएको छ । सन् १९९९ मा तत्कालीन प्रधानमन्त्री नवाज शरीफले मुशर्रफ सेना प्रमुख रहेका समय पदबाट निलम्बन गर्न खोजेपछि मुशर्रफले सेनाको सहयोगमा राज्यसत्ताको नेतृत्व पनि सम्हालेका थिए । त्यसपछि करिब नौ वर्ष उनले पाकिस्तानमा शासन गरेका थिए ।

उनको कार्यकाल पहिले कमजोर रहेको पाकिस्तानी अर्थतन्त्र सुधारका लागि उनको नेतृत्व सफल भएको थियो । यद्यपि सत्तामा रहँदा मानव अधिकार उल्लंघन तथा भ्रष्टाचार गरेको आरोपमा उनविरूद्ध दर्जनौँ मुद्दाहरू पाकिस्तानी अदालतमा विचाराधीन अवस्थामा रहेका छन् । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया