Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआईफोन आपूर्तिमा समस्या आउन सक्ने

आईफोन आपूर्तिमा समस्या आउन सक्ने


अमेरिका, फागुन ७
चर्चित स्मार्टफोन निर्माता एप्पलले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणले आईफोन आपूर्तिमा असर गर्नसक्ने चेतावनी दिएको छ । कोरोनाकै कारण उत्पादन र बिक्री प्रभावित भएको कारण विश्वव्यापी आपूर्तिमा अस्थायी अवरोध हुनसक्ने देखिएको कम्पनीले जनाएको छ ।

कोरोना महामारीले व्यवसाय प्रभावित हुनसक्ने देखिएको बताउने एप्पल पहिलो अमेरिकी कम्पनी भएको बीबीसीले जनाएको छ । जारी त्रैमासिकमा कम्पनीले ६७ अर्ब डलर आम्दानी हुने कीर्तिमानी अनुमान गरेको थियो । कम्पनीको आईफोन उत्पादन साझेदार क्षेत्र पनि हुवेईमै रहेको छ । सोही प्रान्तमा अहिले कोरोना भाइरसको महामारी फैलिएको छ । उत्पादन सुरु भए पनि निकै सुस्त भएको बताइएको छ । चीनमा रहेका सबै एप्पल स्टोरहरु र धेरै साझेदार स्टोर हाल बन्द रहेका छन् । खुलेका स्टोरमा पनि काम गर्ने अवधि घटाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया