Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबम्बार्डियरलाई प्राप्ति गर्ने प्रक्रियामा अल्स्टोम

बम्बार्डियरलाई प्राप्ति गर्ने प्रक्रियामा अल्स्टोम


पेरिस, फागुन ७
फ्रान्सको रेल निर्माता कम्पनी अल्स्टोमले क्यानडाको कम्पनी बम्बार्डियरको रेल व्यवसाय प्राप्ति गर्नेबारे छलफल गरेको छ । एजेन्सीहरुका अनुसार अल्स्टोमले ७ अर्ब अमेरिकी डलरको सम्झौताका लागि प्रयास गरिरहेको छ । अल्स्टोमको प्रयास सफल भए रेल क्षेत्रमा प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ । अल्स्टोमका लागि पनि उक्त सम्झौता महत्वपूर्ण हुनेछ । अल्स्टोमले टीजीभी बुलेट रेल निर्माण गर्छ । यसको रेल फ्रान्सको पेरिसदेखि निससम्म सञ्चालन हुँदै आएको छ ।

कम्पनीले चीनको सीआरआरसी कर्पसँग प्रतिस्पर्धा गर्न खोजिरहेको छ । चिनियाँ कम्पनी विश्वकै ठूलो रेल निर्माता हो । गत वर्ष नै अल्स्टोमले जर्मनीको साइमेन्ससँग मर्जरको तयारी गरे पनि युरोपेली नियामकले रोकिदिएका थिए । रोयटर्सले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार अल्स्टोम बम्बार्डियरको रेल व्यवसाय खरिदको अन्तिम प्रक्रियासम्म पुगिसकेको छ । प्राप्तिको समाचार बाहिरिएसँगै अल्स्टोमको सेयर १.९ प्रतिशतले बढेको बताइएको छ । कार निर्माणको क्षेत्रमा जस्तै रेलमा पनि निर्माता कम्पनीहरुले लागत कम गर्न मर्जर र प्राप्तिको बाटो खोजिरहेका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया