Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा लकडाउन भारतमा असर

चीनमा लकडाउन भारतमा असर


नयाँ दिल्ली । चीनमा कोभिड १९ महामारीको कारण लगाइएको प्रतिबन्धको असर भारतमा पनि नराम्ररी परेको छ । भारतीय मिडियाहरुका अनुसार भारतीय सवारीसाधन निर्माता कम्पनी टाटा मोटर्सको आपूर्ति शृंखला चिनियाँ लकडाउनले प्रभावित बनेको हो ।

टाटा मोटर्सले आर्थिक वर्ष २०२१/०२२ को लागि वार्षिक प्रतिवेदनअनुसार आपूर्तिकर्ता कम्पनीलाई आफ्नो उत्पादनको आपूर्ति गर्न पाएको छैन । यसले कम्पनीलाई आफ्नो केही वा सबै संयन्त्रमा उत्पादन बन्द गर्नुपर्ने अवस्था समेत भोग्नुपर्ने देखिएको छ । टाटा मोटर्सले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘महामारी फैलावट रोक्न चीनका केही भागमा हाल लगाइएको लकडाउनले आपूर्ति शृंखला नराम्ररी प्रभावित भएको छ । यसको कारण हाम्रो आपूर्तिकर्ता आफ्ना उत्पादनको आपूर्ति गर्न पाइरहेका छैनन् ।’

कम्पनीका अनुसार यही हिसाबले मागमा समेत गिरावट आएको छ । लकडाउनको कारण चीनका केही स्थानमा केही डिलरशिप केन्द्र अस्थायी रुपले बन्द समेत भएको बताइएको छ । चालू आवमा कम्पनीको तथ्यांकमा यसको असर देखिनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया