Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआरबीआईले हटायो मास्टरकार्डमाथिको रोक

आरबीआईले हटायो मास्टरकार्डमाथिको रोक


नयाँ दिल्ली । भारतमा मास्टरकार्डमाथि लगाइएको रोक हटेको छ । भारतीय रिजर्ब बैंकले मास्टरकार्डमाथि लगाएको रोक हटाएको हो । स्थानीयस्तरमा डेटाहरु राख्नुपर्ने नियमविरुद्ध काम गरेको भन्दै मास्टरकार्डमाथि रोक लगाइएको थियो ।

केन्द्रीय बैंकले अमेरिकी कम्पनी मास्टरकार्डमाथि भुक्तानी प्रणालीसँग जोडिएका तथ्यांक भारतीय नियमअनुसार राख्नुपर्ने र त्यो नगरेसम्म ग्राहक बनाउन प्रतिबन्ध लगाएको थियो । एक वक्तव्य जारी गर्दै भारतीय बैंकले भनेको छ, ‘मास्टरकार्ड एसिया÷प्यासिफिक पीटीई लि.लाई भुक्तानी प्रणालीसँग जोडिएका तथ्यांक नियमअनुसार गर्नथालेको पाइएपछि नयाँ भारतीय ग्राहक जोड्न सक्ने गरी तत्काल कार्यान्वयनमा आउने गरी प्रतिबन्ध हटाइएको छ ।’

मास्टरकार्डलाई गत वर्ष जुलाई २२ मा प्रतिबन्धित गरिएको थियो । योसँगै अब मास्टरकार्डले भारतमा नयाँ ग्राहक बनाउन पाउने भएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया