Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा विश्वकै पहिलो हाइपरलुप रेल सञ्चालनको तयारी

भारतमा विश्वकै पहिलो हाइपरलुप रेल सञ्चालनको तयारी


नयाँ दिल्ली, फागुन ७
भारतमा विश्वकै पहिलो हाइपरलुप रेल सञ्चालनको तयारी गरिएको छ । हाइपरलुप रेल एक ट्युबाट सञ्चालन हुन्छ भने यसको गति पनि १२ सय किमि प्रतिघण्टाको हुन्छ । भारतीय मिडिया नवभारत टाइम्सका अनुसार यससम्बन्धी प्रस्ताव भर्जिन ग्रुपले सडक परिवहनमन्त्री नितिन गडकरीसँग राखेको छ । उक्त ग्रुपले दिल्ली र मुम्बई जोड्ने गरी यस्तो रेल सञ्चालनको प्रस्ताव गरेको बताइएको छ । यो परियोजनालाई लिएर महाराष्ट्र सरकारसँग पहिले पनि वार्ता र छलफल भइसकेको बताइएको छ । तर शिवसेनाको सरकार बनेसँगै यो परियोजना रोकिएको थियो । त्यसपछि ग्रुपले मन्त्रीसँग छलफल अगाडि बढाएको हो ।

इकोनोमिक टाइम्सले भर्जिन ग्रुपको स्रोतलाई उद्धृत गर्दै दिल्ली–मुम्बई १३ सय किमि लामो दूरीमा रेल चलाउन मन्त्री गडकरीसँग भेट गरेको समाचार लेखेको थियो । पछिल्लो हप्तामात्रै गडकरीले बुलेट ट्रेलजस्तै दोस्रो परियोजनालाई लिएर लगानीकर्तासँग भेटघाट भएको बताएका थिए । उक्त ग्रुपले सुरुमा मुम्बई र पुणेबीच यस्तो रेल सञ्चालनको प्रस्ताव गरेको थियो । परियोजनाको पहिलो फेजमा ११ किमि लामो ट्र्याक बनाउने उल्लेख थियो । जसको लागत १० अर्ब डलर अनुमान गरिएको थियो भने साढे २ वर्षमा निर्माण हुने थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया