Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआसाममा बाढी–पहिरो, वैसठ्ठी जनाको मृत्यु

आसाममा बाढी–पहिरो, वैसठ्ठी जनाको मृत्यु


भारत । अविरल वर्षासँगै राज्यका विभिन्न भागमा बाढीपहिरोमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ भने ३२ जिल्लाका ३१ लाख सर्वसाधारण प्रभावित भएका छन् ।

आसाम राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर ५१ र पहिरोले पुरिएर ११ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझ बढ्ने आशंका गरिएको छ । बाढीमा परी आठ जना हराइरहेका छन् ।

बाढीबाट राज्यका बजाली, बक्सा, बारपेटा, विश्वनाथ, बोङगाईगाउँ, कछार, दराङ, धेमाजी, धुब्री, डिब्रुवढ, गोलपारा, कार्बीआङलोङ, सोनितपुर, नलवारी, करीमगञ्ज, दक्षिण सालमारा, तामुलपुर, तीनसुकियालगायत ३२ जिल्लाका ३१ ३१ लाख सर्वसाधारण प्रभावित भएका छन् ।

पीडितहरूको उद्धार तथा राहतका लागि जिल्ला प्रशासनले पाँचसय १४ राहत शिविर एवम् तीनसय दुई राहत सामग्री वितरण केन्द्र स्थापना गरेको छ । हाल एक लाख ५६ हजार तीनसय ६५ जनालाई राहत शिविरमा आश्रय दिइएको छ ।

राज्यका चार हजार दुईसय ९१ गाउँ बाढीको चपेटामा परेको छ भने ६६ हजार खेतीयोग्य जमिन जलमग्न भएको छ । बाढीबाट २५ लाखभन्दा बढी चौपाया पनि प्रभावित भएका छन् । रासस/एएनआई


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया