मस्को । चीनले मे महिनामा रूसबाट कच्चा तेल आयातमा वृद्धि गरेको छ । युक्रेनको आक्रमणमा रुसी ऊर्जा खरिदमा पछाडि पर्ने पश्चिमी राष्ट्रहरुको नोक्सानीलाई कम गर्न सहयोग गरेको चिनियाँ भन्सार कार्यालयबाट प्राप्त तथ्यांकले सोमबार देखाएको छ ।
पश्चिमा मुलुकहरूले यूक्रेन आक्रमणविरूद्ध रूसमाथि लगाएको प्रतिबन्धसँगै रूसले तेलका लागि वैकल्पिक योजनालाई अघि सारेको छ । उसको युरोप जाने तेललाई अन्य क्षेत्रमा विस्तार गर्ने नीति रहेको छ । चीनको तेल आयातको यो वृद्धिलाई हेर्दा अहिले रूसले साउदी अरबलाई चीनको प्रमुख तेल प्रदायक बन्नबाट उछिनेको छ ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिने चीनले गत महिना रूसबाट करिब ८४.४२ मिलियन टन तेल आयात गरेको थियो । यो गत बर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशत वृद्धि हो । चीनले मे महिनामा साउदी अरेबियाबाट ७ अर्ब ८२ करोड टन तेल आयात गरेको थियो ।
ब्लूमबर्ग न्युजले बताएअनुसार चीनले गत महिना ७.४७ अर्ब अमेरिकी डलर मूल्यको रूसी ऊर्जा उत्पादनहरू किनेको थियो र यो अप्रिलको तुलनामा झन्डै १ अर्ब अमेरिकी डलर बढी थियो । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको विश्वव्यापी तेल कारोबारबारे पछिल्लो प्रतिवेदनअनुसार गत दुई महिनामा भारतले जर्मनीलाई रुसी कच्चा पदार्थको दोस्रो ठूलो आयातकर्ताको रुपमा उछिनेको छ । चीन सन् २०१६ देखि कच्चा तेलको लागि रूसको सबैभन्दा ठूलो बजार भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
- सिटिजन लाइफद्वारा जेन जेड लक्षित कार्यक्रम सञ्चालन
- सय दिनको रोजगारीको लागि १५ हजार बढीको आवेदन
- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया