Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजर्मनी कोइलामै फर्कियो

जर्मनी कोइलामै फर्कियो


बर्लिन । जर्मनीले प्राकृतिक ग्यास उपभोग र कोइला प्रज्वलनलाई अर्को जाडोयामका लागि बढाउनैपर्ने भएको छ । जर्मन अर्थमन्त्री रोबर्ट हाबेकले आइतबार रुसी ग्यास आपूर्तिहरु घटाउन यस्तो ‘अप्रिय निर्णय’ लिनुपर्ने अवस्था आएको बताएका हुन् । उनले अहिलेको अवस्थालाई गम्भीर भनेका छन् ।

एक वक्तव्यमा उनले भनेका छन्, ‘हामी ग्यास उपभोग घटाउन थप कदमहरु चालिरहेका छौँ । यो भनेको ग्यास उपभोग थप कटौती हुनुपर्छ तर धेरै ग्यास भण्डारण गर्नैपर्नेछ, अन्यथा जाडोयाममा साँच्चै कठिन हुनेछ ।’

मस्कोको ग्यासमा जर्मनी निकै आश्रित छ । खासगरी उद्योग र घरहरुका लागि । तर मस्कोको आयात ५५ प्रतिशतबाट ३५ प्रतिशतमा सीमित गरेको उनको भनाइ छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसले यो परिमाणमा ग्यास आपूर्ति कटौती गरेको हो । बिग्रिँदो अवस्थाका बीच पछिल्ला दिनमा ग्यास बजारबाट आपूर्तिको ग्यारेन्टी गरेको बर्लिनले जनाएको छ । जर्मनीले रुसी राष्ट्रपतिमाथि अस्थिरता जन्माउन भूमिका खेलिरहेको आरोप लगाएको छ ।

‘तर हामी त्यो हुन दिनेछैनौँ’, हाबेकले भने । यद्यपि जर्मनीले कोइलामा आधारित ऊर्जा उत्पादनबाट बाहिरिने योजना बनाएको छ । हाबेक आफैँ पनि ग्रिन पार्टी राजनीतिज्ञ हुन् । उनैले अहिलेको संक्रमणकालीन समयमा कोइलामा आधारित ऊर्जा प्लान्टहरु ब्युँताउने घोषणा गरेको बताइएको छ । विद्युत् उत्पादनका लागि ग्यास उपभोग घटाउन यस्तो निर्णय लिएको उनले बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया