Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभियतनाममा छ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

भियतनाममा छ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि


भियतनाम । भियतनाममा पेट्रोलियम पदार्थको मूल्य ६ महिनामा १२ पटक वृद्धि भएको छ । सन् २०२२ को अहिलेसम्म ६ पटक मूल्यवृद्धि भइसकेको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

विश्वबजारमा पटक–पटक निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आफ्नो देशमा पनि मूल्यवृद्धि गर्नुपरेको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार यही जुन महिनाको २१ दिनमा मात्रै तीन पटक मूल्य वृद्धि भइसकेको छ ।

देशको उद्योग तथा व्यापार मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय सम्बन्धित निकायलाई पठाएको छ । देशमा अहिले आन्तरिक मागका लागि पाँच देखि सात दिनलाई मात्रै पुग्ने पेट्रोलियम पदार्थ रहेको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।

महंगो र अभाव भइरहेको पेट्रोलियम पदार्थको खपत तथा माग घटाउन पनि मूल्य वृद्धि गर्नुपरेको सरकारी अधिकारीहरूको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्य अझ धेरै हुन नदिन सरकारले वातावरण संरक्षण कर कटौती गर्न अर्थ मन्त्रालयले प्रस्ताव गरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया