Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबेलायतमा ३० वर्षयताकै ठूलो रेल हडताल

बेलायतमा ३० वर्षयताकै ठूलो रेल हडताल


लण्डन । बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भीडले मंगलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ ।

हडताल समाप्तिको लागि भएको वार्ता असफल भएको बताइएको छ । यसको अर्थ रेल युनियनका ५० हजारभन्दा बढी सदस्य यस हप्ता तीन दिनको लागि आफ्नो कामबाट बाहिरिका छन् ।

रेल र लण्डन भूमिगत स्टेसन मंगलबार बिहान बन्द, भएपछि मानिसलाई घरबाट काम गर्न वा अफिसमा वैकल्पिक मार्ग खोज्न बाध्य भएको बताइएको छ ।

लन्डनको बाहिरी भागमा बिहान ०६ बजेपछि बस स्टेशनमा मानिसको भीड पर्खिरहेको थियो । यातायात सचिव ग्रान्ट शाप्सले यस हडतालको निन्दा गरेका छन् । सन् १९७० को खराब पुराना दिनहरुको सम्झना पुनः आएको उनले बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया