बेइजिङ । एक वर्षअघिको तुलनामा मे महिनामा चीनले रुसी कच्चा तेल कीर्तिमानी दरमा आयात गरेको छ । चीनको रुसी तेल आयात ५५ प्रतिशतले बढेको हो । योसँगै साउद अरेबियाको उच्च आपूर्तिकर्ताको स्थान रुसले खोसेको छ । युक्रेनमाथिको आक्रमणसँगै पश्चिमा देशले रुसमाथि प्रतिबन्ध लगाएपछि रुसले तेलको निर्यात एसियामै गर्नथालेको हो । पूर्वी साइबेरिया प्रशान्त सागर पाइपलाइन र शिपमेन्ट, रुसको युरोपेली र सुदूरपूर्वी बन्दरगाहबाट रुसी तेलको आयात चीनले बढाएको हो ।
चिनियाँ भन्सार प्रशासनको तथ्यांकअनुसार चीनले ८४ लाख २० हजार टन तेल आयात गरेको रोयटर्सले जनाएको छ । त्यो भनेको झण्डै १९ लाख ८० हजार ब्यारेल प्रतिदिनबराबर भएको बताइएको छ । चीन धेरै कच्चा तेल आयात गर्ने देश हो । पश्चिमा प्रतिबन्धका बाबजुद रुसले आपूर्ति गन्तव्य भेट्टाउन सफल भएको छ ।
पश्चिमा प्रतिबन्ध लागेका रुसमात्र होइन चिनियाँ प्रशोधन कम्पनीले इरान र भेनेजुएलाबाट पनि सस्तो कच्चा तेल खरिद गर्दै आएका छन् । यता साउदी अरेबिया दोस्रो आपूर्तिकर्ता बनिरहेको छ । मे महिनामा साउदी अरेबियाको तेल निर्यात नौ प्रतिशतले वृद्धि भएको छ । यो भनेको वार्षिक ७८ लाख २० हजार टन वा १८ लाख ४० हजार ब्यारेल प्रतिदिन बराबर हो । यो अप्रिलको २१ लाख ७० हजार ब्यारेल प्रतिदिनभन्दा कम हो । सोमबार सार्वजनिक चिनियाँ भन्सार तथ्यांकअनुसार चीनले दुई लाख ६० हजार इरानीयन कच्चा तेल गत महिना आयात गरेको छ । गत डिसेम्बरयता इरानबाट यो तेस्रो शिपमेन्ट भएको बताइएको छ ।
इरानमाथि अमेरिकाको प्रतिबन्धका बाबजुद चीनले इरानबाट तेल खरिद गर्दै आएको छ । इरानबाट चीनले कुलमध्ये सात प्रतिशत तेल आयात गर्दै आएको छ । मे महिनामा चीनको कुल कच्चा तेल आयात १२ प्रतिशतले बढेको देखिएको छ । २०२१ को एक करोड तीस लाख ब्यारेल प्रतिदिनको तुलनामा २०२२ मा एक करोड ८० लाख बीपीडी पुगेको छ । चीनले मलेसिया र ब्राजिलबाट पनि तेल आयात गर्दै आएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया