Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त शुल्क हटाउनुपर्ने

अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त शुल्क हटाउनुपर्ने


बेइजिङ । संयुक्त राज्य अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनले बताएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार भनेको छ, ‘अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा अमेरिका, चीनलगायत समग्र विश्वलाई फाइदा पुग्नेछ । बढ्दो मुद्रास्फीतिको वर्तमान स्थितिलाई ध्यानमा राख्दै अमेरिकी पक्षले चिनियाँ मालहरूमा आफ्नो अतिरिक्त कर जति छिटो हटाउँछ, त्यति नै चाँडो उपभोक्ता तथा व्यवसायहरूले लाभ उठाउनेछन्’, मन्त्रालयका प्रवक्ता शु जुटिङले एक पत्रकार सम्मेलनमा बताए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया