Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाको निर्यात १६ अर्ब डलर

श्रीलंकाको निर्यात १६ अर्ब डलर


एजेन्सी कोलम्बो, फागुन ८

श्रीलंकाको कुल निर्यात गत वर्ष १६ अर्ब १४ करोड डलर पुगेको छ । सन् २०१९ मा श्रीलंकाले ११ अर्ब ९४ करोडको वस्तु तथा ४ अर्ब २० करोड डलरको सेवा निर्यात गरेको हो । श्रीलंकाली मिडियाहरुका अनुसार बुधबार सार्वजनिक भएको तथ्यांकले निर्यात क्षेत्रमा सुधार देखिएको छ । श्रीलंकाली निर्यात विकास बोर्डका प्रमुख प्रभाष सुवासिंघेले सेवा क्षेत्र र वस्तु निर्यातमा उत्साहजनक वृद्धि देखिएको बताए । बुधबार उनले राजधानी कोलम्बोमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको सिन्ह्वाले जनाएको छ । कुल निर्यातमा उपक्षेत्रीय योगदानले मुख्य भूमिका खेलेको छ ।

खासगरी चिया निर्यातले यसमा टेवा दिएको बताइएको छ । यसबाहेक रबर तथा रबरजन्य उत्पादन, नरिवल र यससँग सम्बन्धित उत्पादन, इन्जिनियरिङ उत्पादन, विद्युतीय र मेसिनरी उत्पादन तथा डुंगा निर्माण क्षेत्रले निर्यातलाई सघाएको बताइएको छ । सरकारी तथ्यांकअनुसार अमेरिका श्रीलंकाको मुख्य गन्तव्य रहेको छ । उक्त वर्ष श्रीलंकाले ३ अर्ब डलरको निर्यात गरेको छ । त्यस्तै बेलायतमा ९९ करोड ८० लाख, भारतमा ७५ करोड ९० लाख, इटालीमा ५३ करोड १० लाख र बेल्जियममा ३५ करोड २० लाख अमेरिकी डलरको वस्तु निर्यात गरेको छ ।


क्याटेगोरी : विश्व बजार


तपाईको प्रतिक्रिया