Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमन्दीको डरले अमेरिकी अर्थतन्त्र १.६ प्रतिशतले खुम्चियो

मन्दीको डरले अमेरिकी अर्थतन्त्र १.६ प्रतिशतले खुम्चियो


अमेरिका । संयुक्त राज्य अमेरिकको अर्थतन्त्र यसअघि अनुमान गरिएभन्दा तीव्रदरले खुम्चिएको छ । यो वर्षको पहिलो तीन महिनामा अर्थतन्त्र द्रुतदरमा संकुचन भएको ब्युरो अफ इकोनोमिक एनालाइसिसले बुधबार जनाएको छ ।

यसले आर्थिक मन्दीको डर प्रबल हुँदै गइरहेको तथ्यांकले देखाएको छ । सीएनएनका अनुसार अमेरिकी कुल गार्हस्थ्य उत्पादन वार्षिक दरमा १.६ प्रतिशतले संकुचन आएको हो । यो जनवरी–मार्चको अन्तिम समीक्षा भएको बताइएको छ । यसअघि अप्रिलको तथ्यांकले उक्त अवधिमा १.४ प्रतिशतको संकुचन अनुमान गरेको थियो । जुन समीक्षा गर्दा १.५ प्रतिशतले घटाइएको हो ।

पहिलो तीन महिनामा बीईएले महामारी र ओमिक्रोन भेरिएन्टको प्रभाव जीडीपीमा देखाएको थियो । सन् २०२१ ताका अर्थतन्त्र ६.९ प्रतिशतको दरमा वृद्धि भएको थियो । तर सन् २०२२ को पहिलो त्रैमासिकमा जतिखेर रुसले युक्रेनमाथि आक्रमण थाल्यो त्यसयता विश्वव्यापी रुपमा आपूर्ति अवरोध देखिँदै आएको थियो ।

अमेरिकाको घरेलु महंगी दशकमा नदेखेको दरले बढेको थियो भने आपूर्ति समस्या, मूल्यवृद्धि र श्रमबजार महंगो हुने तथा तेलको मूल्य बढ्ने स्तरमा पुगेको थियो । वेल्स फर्जोले सन् २०२३ को दोस्रो त्रैमासिकतिर मन्दी देखिनथाल्ने अनुमान गरेको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया