Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारधेरै ढिला पत्ता लाग्छन् क्यान्सरका ७३ प्रतिशत बिरामी

धेरै ढिला पत्ता लाग्छन् क्यान्सरका ७३ प्रतिशत बिरामी


मंगोलिया । मंगोलियामा सन् २०२१ मा पाँच हजार नौ सय ८१ जनाको क्यान्सर पहिचान गरिएको छ । यहाँको राष्ट्रिय तथ्यांक कार्यालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले बुधबार लेखेको समाचार अनुसार क्यान्सर पहिचान भएकामध्ये ७३ प्रतिशतको रोगको पहिचान धेरै ढिला हुने गरेको पाइएको छ ।

क्यान्सर लागेको हो भन्ने पहिचान भएकामध्ये ६० प्रतिशत विरामीको एक बर्षमा निधन हुने गरेको पनि विवरण छ । अघिल्लो बर्ष सोही अवधिमा चार हजार ५५९ जनाको क्यान्सर पहिचान गरिएको थियो । करिब ३४ लाख जनसङ्ख्या रहेको यस मुलुकमा मे महिनादेखि देशव्यापी स्वास्थ्य परीक्षण अभियान चलाइएको छ ।

गम्भीर प्रकृतिका रोगबाट धेरै मानिस ग्रसित भएको सूचनाका आधारमा उनीहरूको उपचार तथा न्युनिकरण गर्ने उद्देश्यले देशव्यापी परीक्षण अभियान चलाइएको अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया