Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी

चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी


नयाँ दिल्ली । भारतकै ठूलो सिमेन्ट उत्पादक कम्पनी अल्ट्राटेक सिमेन्टले रुसबाट ठूलो परिमाणमा कोइला आयात गरिरहेको छ । तर यसको भुक्तानी भने उसले चिनियाँ युआनमा गरिरहेको रोयटर्सले जनाएको छ । भारतको भन्सार कागजातबाट यस्तो तथ्य खुलेको हो । यसलाई विरलै हुने मानिएको छ । व्यापारीहरुले भने यसलाई सामान्य नै मानेका छन् ।

अल्ट्राटेकले एक लाख ५७ हजार टन कोइला रुसी उत्पादक सुएकबाट आयात गरिरहेको छ । कम्पनीले रुसी सुदूरपूर्वी बन्दरगाह भानिनोबाट गरिरहेको कागजातले देखाएको छ । यसअनुसार जुन ५ मा उक्त कम्पनीले १७ करोड २६ लाख ५२ हजार नौ सय युआन अर्थात् दुई करोड ५८ लाख १० हजार अमेरिकी डलरको तेल आयात गरिएको हो । तर यो आयातको भुक्तानी भने उसले युआनमा गरिरहेको देखिएको छ ।

तेलको कार्गोको बिक्री सुएकको दुवईमा रहेको युनिटले गरेको बताइएको छ । मुख्य कुरा त पश्चिमा देशको प्रतिबन्ध झेलिरहेको रुसका लागि भने यो भुक्तानी सामान्यीकरण महत्वपूर्ण हुने देखिएको छ । पश्चिमा देशहरुले अहिले रुसमाथि युक्रेनमा आक्रमण गरेको भन्दै आर्थिक प्रतिबन्धहरु लगाइरहेका छन् । तर यसबारे दुवै कम्पनीले बताउन भने केही चाहेनन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया