Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारब्रेक्जिटले जटिल बन्यो ईयूको बजेट योजना

ब्रेक्जिटले जटिल बन्यो ईयूको बजेट योजना


युरोप, फागुन ९
युरोपेली नेताहरुले यही हप्ता राजधानी सहर ब्रसेल्स (बेल्जियम)मा भेटवार्ता गर्ने भएका छन् । नेताहरुले युरोपेली संघको आगामी बजेट योजनाबारे छलफल गर्न लागेको बीबीसीले जनाएको छ । तर ईयू ब्लकबाट बाहिरिएको बेलायतका कारण आगामी बजेट योजना जटिल बन्ने देखिएको छ । सदस्य राष्ट्रले गर्ने खर्चबारे जटिलता देखिएको बताइएको छ ।

ईयूले लामो समयका लागि बजेट योजना बनाउँछ । यसले कुल खर्चको तह र परिमाण आगामी सात वर्षका लागि तय गर्छ । अहिलेको फ्रेमवर्क यही वर्षको अन्त्यसँगै सकिने र त्यसपछि आगामी २०२७ सम्मको लागि नयाँ फ्रेमवर्क बनाउनुपर्ने अवस्था छ । नेदरल्यान्ड, अस्ट्रिया, स्विडेन र डेनमार्क ईयूले कम खर्च गर्ने प्रस्ताव गरिरहेका छन् । तर मध्य, पूर्वी र दक्षिण युरोपेली देशले कृषिमा खर्च सुरक्षित होस् भन्ने चाहेका छन् । उनीहरुले कम विकसित क्षेत्रमा सहयोग गर्नुपर्ने बताइरहेका छन् । यी देशमा खर्च प्रस्ताव घट्न सक्ने बताइएको छ ।

ईयूमा धेरै योगदानकर्ता देश भने जर्मनी हो । उसले पनि चार देशले जस्तै कम खर्चको पक्षमा छ । त्यसपछि धेरै योगदानकर्ता फ्रान्स हो । उसलाई किसानहरुले दबाब दिइरहेका छन् । ईयूको बजेट राष्ट्रिय बजेटको तुलनामा कम हुने गर्छ । चलिरहेको आर्थिक वर्षमा कुल युरोपेली अर्थतन्त्रको १ प्रतिशत बजेट रहेको थियो । यस्तोमा देशहरुले धेरै बजेट विनियोजन गर्ने गरेका छन् । यति हुँदाहुँदै पनि ईयू बजेटले नेताहरुमा आर्थिक र राजनीतिक हिसाबले धेरै अर्थ राख्ने गर्छ ।

सन् २०१३ मा ल्याइएको बजेटमा ईयूको खर्च सीमा कटौती गरिएको थियो । योपालि पनि त्यस्तै दबाब हुनसक्ने बताइएको छ । त्यसमाथि बेलायत बहिर्गमनले थप जटिलता बनाउनसक्नेछ । बेलायतले सन् २०१८ मा १७ अर्ब पाउन्ड स्टर्लिङ योगदान गरेको थियो । तर उक्त रकम अन्य सदस्य देशले व्यहोरेका थिए । जुन ईयूकै कार्यक्रमअन्तर्गत बेलायतमा खर्च भएको थियो । आगामी दिनमा उक्त कार्यक्रम समावेश हुनेछैन । ती सबै कटौती गर्दा पनि ९ अर्ब डलरको प्वाल कसरी टाल्ने भन्ने चिन्ता युरोपेली नेतामा रहेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया