Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमोर्गान स्ट्यान्लेले १३ अर्ब डलरमा इ–ट्रेड किन्ने

मोर्गान स्ट्यान्लेले १३ अर्ब डलरमा इ–ट्रेड किन्ने


युरोप, फागुन ९
मोर्गान स्ट्यान्लेले बिहीबार इ–ट्रेड कम्पनी खरिद गर्ने निर्णय गरेको छ । मोर्गानले त्यसका लागि १३ अर्ब डलर खर्चिनलागेको एजेन्सीहरुले जनाएका छन् । सन् २००८ को विश्व वित्तीय संकटपछिकै ठूलो खरिदबिक्रीका रुपमा यो कारोबारलाई लिइएको छ । यसले मोर्गानलाई अनलाइन व्यापारमा ठूलो बजार हिस्सा प्रदान गर्नेछ । कम्पनीले बैंकिङ लगानी र हाइ स्टेक ट्रेडिङभन्दा बढी आफ्नो ध्यान पुँजी व्यवस्थापनमा केन्द्रित गर्ने रणनीतिलाई बल प्रदान गरेको छ । यो कारोबारलाई वालस्ट्रिट र मेन स्ट्रिटको एउटा गन्तव्यमा समेत लगेको बताइएको छ । इ–ट्रेड खरिदपछि मोर्गानलाई थप ५२ लाख प्रयोगकर्ता र ३६ करोड डलर सम्पत्ति थपिनेछ । मोर्गान २७ खर्ब डलरको कम्पनी हो । प्रतिकित्ता सेयर मूल्य ५८.७४ अमेरिकी डलर मानिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया