Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


 हङकङ, फागुन ९
चिनियाँ प्रविधि कम्पनी हुवावेले आफ्ना उत्पादन किन्न नपाउने गरी संघीय संस्थाहरुले लगाएको प्रतिबन्धविरुद्ध हालेको मुद्दा अमेरिकी न्यायाधीशले अस्वीकृत गरिदिएका छन् । अमेरिकी जिल्ला न्यायाधीश आमोस माजान्टले मंगलबार अमेरिकाको पक्षमा मुद्दा छिनोफानो गरिदिएको सीएनएनले जनाएको छ । जिल्ला अदालतले संसदलाई हुवावे र जेटटीईसँग व्यवसाय गर्नबाट रोक्न संघीय एजेन्सीहरुलाई कडाइ गर्ने अधिकार भएको भन्दै उक्त फैसला दिएको बताइएको छ । हुवावेले भने अमेरिकी प्रतिबन्धले कमपनीको संवैधानिक अधिकार हनन भएको र व्यवसायमा दखल पु-याएको दाबी गरेको थियो । तर न्यायाधीश माजान्टले हुवावेको तर्क सिधै अस्वीकार गरेको बताइएको छ । हुवावेको मुद्दामा जिल्ला अदालतले ५७ पृष्ठ लामो फैसला गरेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया