Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजासुसी गरेको भन्दै गुगलविरुद्ध अमेरिकामा मुद्दा

जासुसी गरेको भन्दै गुगलविरुद्ध अमेरिकामा मुद्दा


न्यु मेक्सिको (अमेरिका) फागुन ११
अमेरिकी राज्य न्यु मेक्सिकोका महान्यायाधिवक्ताको कार्यालयले अवैध रुपमा विद्यार्थीमाथि जासुसी गरेको भन्दै गुगलविरुद्ध मुद्दा हाल्ने तयारी गरेको छ । कम्पनीले विद्यार्थीहरुको व्यक्तिगत दाता अवैधानिक रुपमा जम्मा गरेको भन्दै मुद्दा हाल्न लागिएको हो ।

बीबीसीका अनुसार गुगलमाथि विद्यार्थीहरुले साइट भिजिट गर्ने क्रममा उनीहरुको पासवर्डलगायतका विभिन्न सूचनाहरु संकलन गरेको आरोप छ । विद्यार्थीहरुले हेरेका भिडियोलगायतको आधारमा गुगलले सूचना संकलन गरेको बताइएको छ । गुगलको क्रोमबुक ल्यापटप र जी सुइट भन्ने एउटा कार्यक्रमबाट उक्त तथ्यांक संकलन गरिएको बताइएको छ । तर गुगलले भने आरोप अस्वीकार गरेको छ ।

गुगलका प्रवक्ताले तथ्यगत रुपमा आरोप गलत भएको टिप्पणी गरेका छन् । जी सुइट र क्रोमबुकमा जिमेल, क्यालेन्डर, ड्राइभ, डकुमेन्ट र अन्य कुराहरु समावेश हुन्छन् । ती दुवै न्यु मेक्सिकोका ६० प्रतिशत बढी विद्यार्थीलाई निःशुल्क उपलब्ध हुने गरेको पनि अभियोगपत्रमा उल्लेख छ ।

उक्त राज्यका महान्यायाधिवक्ता हेक्टर बाल्डेरासले व्यावसायिक उद्देश्यका साथ गुगलले विद्यार्थीहरुको अनलाइन गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको बताए । गुगलको यस कार्य निकै खतरनाक भएको समेत उनले बताएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया